शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

तितेपानी खानेपानीको टंकी निर्माण

तितेपानी खानेपानीको टंकी निर्माण


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७७, सोमबार

पोखरा, २० पुस– पोखरा महानगरपालिका वडा नं. १७ रानीवनको छेउमा रहेको तितेपानीको खानेपानी संरक्षणको लागि पानी टंकी निर्माण सुरु भएको छ ।
सो ठाउँमा करिब ५० हजार लिटर क्षमताको पानी टंकीको पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले शिलान्यास गरेका छन् । टंकी बनाउन वडाले १० लाख दिएको छ । बाँकी स्थानीयले पनि दिने सहमति बनेको छ ।
तितेपानीमा दैनिक सयौंको संख्यामा खानेपानी लिन पुग्छन् । पानीटंकी सानो र धारा एउटामात्रै भएकोले विहान ३ वजेदेखि नै पानीको लागि लाईनमा बस्नु पर्ने वाध्यता थियो । शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य बैकुण्ठ भण्डारी, नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुंगाना, नेपाली कांग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, इ.किसनसिं गुरुङ, इ. जीवन शेरचन, पर्यटन व्यवसायी वच्चुराम तिवारी, समाजसेवी क्या.धर्मदत्त तिमिल्सिना लगाएतले शुभकामना दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->