बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माधव नेपाल जबज छोडेर प्रचण्डसँग पोइल जानुभयो : बस्नेत

माधव नेपाल जबज छोडेर प्रचण्डसँग पोइल जानुभयो : बस्नेत


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७७, बिहिबार

बेनी, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले माधवकुमार नेपाल पार्टी छोडेर प्रचण्डसँग पोइल गएको बताएका छन् । नेकपालाई विभाजन र तहस नहस बनाउन प्रचण्ड जस्तै नेपालको समेत भूमिका रहेकाको नेता बस्नेतले दावी गरे । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले बुधबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले प्रधानमन्त्री, पार्टी अध्यक्ष र राष्ट्रपतिको सपना तीन नेताले नेकपा विभाजन गरेको बताए । उनले नेकपा विभाजन नभई एकता प्रक्रिया बीचबाटोमै टुंगिएकाले सूर्य चिन्ह, जबज, मदन भण्डारी र देशभरका पार्टी कार्यालयमा प्रचण्ड–माधव नेपाल समूहलाई प्रवेश गर्न नदिने बताए । ‘अब पार्टी एक हँुदैन्, द्धिविधामा नपर्नुहोस्, उहाँहरूले गठबन्धन बनाएर आएपनि हामी एक्लै चुनाव भिड्छौ’, नेता बस्नेले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->