मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

राष्ट्रपति खुइल्याउँदा गणतन्त्रनै खुइलिन्छ : मुख्यमन्त्री गुरुङ

राष्ट्रपति खुइल्याउँदा गणतन्त्रनै खुइलिन्छ : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • पुष २४ २०७७, शुक्रबार

बागलुङ, २४ पुस–मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिलाइ खुइल्याउँदा गणतन्त्रनै खुइलिने बताएका छन् । उनले सम्मानीत संस्थालाई जथाभावी गर्नेलेदेशको राष्ट्रियतापनि संरक्षण गर्न नसक्ने ठोकुवा गरे ।
शुक्रवार बागलुङ बजारमा आयोजित नेपाल कम्प्युनिष्ट पार्टी नेकपाको ओली पक्षको कार्यकर्ता भेलामा बोल्दै गुरुङले राष्ट्रियता बिरोधी शक्तीलाई परास्त गर्न एकजुट हुनुको बिकल्प नहुने बताए । उनले नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डा र माधवकुमार नेपालको क्रियाकलाप देश, सरकार र राष्ट्रियता बिरोधी भएको आरोप समेत गाए । उनले दुइ नेताको पद लोलुपताले नेकपा बिभाजनको संघारमा पुगेको पनि बताए ।

पार्टीको निर्वाचित अध्यक्षलाई सधै अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अबस्था आएको भन्दै उनले प्रधानमन्त्रीको बचाउ समेत गरेका थिए । ‘जसले सिमाना मिचिंदा आबाज उठायो, जसले गुमेको जमिन फिर्ता ल्यायो त्यसको बिरुद्द गोलबद्ध हुनु भनेकै देश द्रोह हो’ उनले भने, ‘विभि र पद्दती मिचेर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेपछि संसद भंग गरेर नयाँ जनादेशका लागि जानुपरेको प्रष्ट्याए । उनले संसद बिघटन गरेका प्रधानमन्त्रीको कदमको पटक पटक बचाउ समेत गरेका थिए ।

‘प्रधानमन्त्री निर्वाचित हुँदा ६४ प्रतिशत सांसदको समर्थन रहेकोले बाँकी मतले सरकार बनाउन नसक्ने भएपछि प्रधानमन्त्रीले संसद भंग गर्नु परेको हो’ उनले भने, ‘संसदमा अविश्वास प्रस्ताव दर्ता नगर्ने सहमति भएरपनि नमानेपछि प्रचण्ड र माधव समूहमा सहकार्य पनि हुन नसकेको हो ।’ उनले पार्टीको संसदीय दलमा छलफल नगर्ने, संसदमा पुगेर अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा यो दुर्घटना भएको पनि बताए । ‘पार्टी संसदीय दलको निर्णय नमान्ने, संसदीय दलमा छलफल पनि नगर्ने अनि पूजिवादी र क्षेत्रीयताबादीलाई अबसर दिन खोज्ने ?’ उनले भने, ‘कम्प्युनिष्टको सरकार बन्न नदिएर पूजिबादीलाई सत्ता सुम्पिने काम अग्रगामी हुन सक्छ ?’ उनले प्रधानमन्त्रीको कदम बाहेक अर्को पक्षको सबै काम प्रतिगामी भएको टिप्पणी समेत गरे । गैर कम्युनिष्टहरुको सरकार बन्न दिन नहुने समेत उनले पटक पटक दोहो¥याएका थिए । अविस्वास प्रस्ताव दोहो¥याएको भए प्रधानमन्त्री फालेर शेरबहादुर वा अन्य कसैलाइ बनाउन सक्ने खेलबाट बचाएको समेत बताए । उनले प्रचण्ड वा माधवनेपाल कुनैपनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने पनि ठोकुवा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->