बागलुङ, २४ पुस– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह बागलुङले प्रतिनिधि सभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत संसद पुनस्थापनाको माग गर्दै ज्ञापन बुझाइएको हो । पार्टी इन्चार्ज बलाबती शर्मा र पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटा सहतिको टोलीले ज्ञापन बुझाएको थियो । देशब्यापी कार्यक्रम अन्र्तगत शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाइएको हो ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्रका साथ नेकपाले नेपालको संविधान–२०७२ पनि पठाएको छ । उक्त अबसरमा अध्यक्ष सापकोटाले कानुन र संबिधान बिपरित प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा बिघटन गरेर मुलुकमा अराजकता र अन्योलता सृजना गरेको भन्दै संबिधान राम्रोसंग पढ्न आग्रह गरे । पार्टी अध्यक्ष सापकोटाद्धारा हस्ताक्षर गरिएको बिरोध पत्रमा संबिधानको रक्षा गर्नका लागि प्रधानमन्त्रीको असंबैधानिक कदम तथा सबै प्रकारका षडयन्त्र असफल पार्न जस्तोसुकै कदम चाल्नसक्ने उल्लेख छ । प्रधानममन्त्रीलाई संबिधानको कुन धाराले संसद बिघटन गर्ने अधिकार दिएको छ ? राम्रो संग अध्यन गर्नुहोस बिरोध पत्रमा भनिएको छ । संबिधान सहित बिरोध पत्र जिल्ला पार्टी ईन्चार्ज बलावती शर्माले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने लाई हस्तान्त्रण गरिन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले जतिसक्दो छिटो प्रधानमन्त्रीको कार्यालयमा पठाईदिने प्रतिबद्धता जनाए ।





