मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

नेकपाको महिला प्रशिक्षण भेला बागलुङमा

नेकपाको महिला प्रशिक्षण भेला बागलुङमा


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

बागलुङ, २५ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध नेकपाको महिलाहरु पनि आन्दोलित भएका छन् ।
शनिवारदेखि अखिल नेपाल महिला संघले गलत कदम बिरुद्ध कार्यकर्ता जागरण तथा प्रशिक्षण अभियान थालेको हो । पहिलो चरणमा बागलुङ नगरपालिका र आसपासका महिला अगुवा कार्यकर्ताको उपस्थितिमा प्रशिक्षण भेला आयोजना भएको नेकपा बागलुङकी इन्चार्ज बलावती शर्माले बताइन् ।
शर्माले यो अभियानलाइ सबै पालिका र वडा तहसम्म पनि लैजाने योजना सुनाइन् । कार्यक्रममा शर्मा सहित नेकपा अध्यक्ष इन्द्रलाल सापकोटा, हिराबहादुर केसी, गीता शर्मा लगायतले बोलेका थिए । अनेमसंघकी अध्यक्ष कुशुम बुढाको अध्यक्षता, जमुना श्रीषको संचालन र जसोदा शर्माको स्वागतमा प्रशिक्षण भेला सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->