मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

लोकतन्त्र जोगाउन कांग्रेस तयार : लेखक

लोकतन्त्र जोगाउन कांग्रेस तयार : लेखक


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७७, शनिबार

बागलुङ, २५ पुस– कांग्रेस केन्द्र्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले लोकतन्त्र धरापमा परेको बेला कांग्रेसले जोगाउन तयार बन्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले संसद भंग गरेर देशमा संवैधानिक र राजनीतिक संकट निम्त्याएको भन्दै देश बचाउने काममा सबै बिकल्प प्रयोग गर्न कांग्रेस तयार रहेको उनको भनाइ थियो । शनिवारदेखि बागलुङको प्रतिनिधिसभा क्षेत्र नं. १ मा सुरु भएको दुइदिने प्रशिक्षण उद्घाटन गर्दै उनले संसद पुनस्थापना भएपनि नभएपनि उत्पन्न हुने परिस्थिति सामना गर्न तयार रहेको बताए । उनले दुइबर्षपछि हुने निर्वाचनकालागि पनि अहिले देखि तयारी रहन कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्रीको सनक र नेकपाको भद्रगोले कामले देश र जनताले दुःख पाएको समेत उनले टिप्पणी गरे ।

कांग्रेसले शनिवार र आइतवार कार्यकर्ता प्रशिक्षण राखेको हो । कार्यक्रममा केन्द्रीय सदस्य रत्ना शेरचन, किरणराज पौडेल, पूर्व सभापति मणीभद्र शर्मा, हरिप्रसाद श्रेष्ठ, प्रकाश पौडेल लगायतका नेताले पनि बोलेका थिए । कांग्रेस क्षेत्रीय अध्यक्ष चिरन्जिवी गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । शनिवारै बागलुङको पैयुपाटामापनि कांग्रेसले बिरोध कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्रीको असंवैधानिक कदम बिरुद्ध सबै निर्वाचन क्षेत्रमा गर्ने बिरोध स्वरुप कार्यक्रम गरिएको क्षेत्रीय सह सभापति नारायण शर्मा पौडेलले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->