पोखरा, २६ पुस– सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार कास्कीकमा सबै प्रदेशसभा क्षेत्रमा प्रदर्शन गरेको छ ।
कांग्रेसले प्रदेशसभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औद्योगिक क्षेत्र, प्रदेशसभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलनचोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट सुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमा पछि विरोध सभामा परीणत भएको थियो ।




