बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सहकारीले उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाऔं : सांसद गाहा

सहकारीले उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाऔं : सांसद गाहा


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७७, बुधबार

नवलपुर, २९ पुस– गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् ।मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सांसद गाहाले जमिन, माटो, हावापानी र ठाउँ सुहाउँदो व्यवसायिक कृषि उत्पादनबाट आत्मनिर्भरता र आयआर्जनमा टेवा पुने भएकाले सहकारीले योजना बनाउँदा र लगानी गर्दा यस्ता क्षेत्रमा ध्यान पुर्याउन सुझाव दिएका छन् ।

उद्घाटन सत्रमा कावासोती २ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उद्यमशीलतातर्फ अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष कृष्णबहादुर ठाडाले बार्षिक प्रतिवेदन, कोषध्यक्ष ईन्द्रा भटराईले आर्थिक प्रतिवेदन र लेखा संयोजक शेरबहादुर कानुङले सुझाव सहितको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष ठाडाले सहकारीले अहिले छिरलिएर रहेको पूँजीलाई एकिकृत गर्दै वचत गर्ने बानीको बिकास भएको बताए । उनले हाल बाल तथा मासिक बचतका माध्यमबाट संस्था सञ्चालन भएको बताउँदै अव विप्रेषण र दैनिक बचत शुरु गरिने बताए । उपाध्यक्ष गणेशप्रसाद पौडेलको स्वागत तथा सचिव टंकप्रसाद काफ्लेको सञ्चालनमा भएको उद्घाटन सत्रमा वडासदस्य झमनसिंह कानुङ, प्रदेश पत्रकार महासंघ गण्डकीका सदस्य राजेश सुनाम, निर्माणकर्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम ढकालले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->