पोखरा, २९ पुस– पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्राईले संविधानमा नलेखेको सबैगर्न पाउने भए बलत्कार र चोरी समेत गर्न मिल्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दै विघटन नगर्न संविधानमा नलेखिएको धारणालाई उद्रित गर्दै भट्राईले सो कुरा बताएका हुन ।
संसद् विघटनको विरुद्धमा पोखरामा आयोजित विरोध सभामा बोल्दै पार्टी अध्यक्ष भट्राईले संविधानले नलेखेपनि संविधानको मर्मले त्यो कुरा प्रष्ट पारेको बताए ।‘प्रधानमन्त्री ज्यूले संविधानमा संसद् विघटन गर्न पाइदैँन भनेर लेखेको छ ? भन्नुहुन्छ के बलत्कार अनि चोरी पनि गर्न पाउँदैन भनेर लेखेको छ त ? त्यसो भए त्यो पनि त गरे हुन्छ नी ’ उनले भने । ओलीको हिटलर प्रवृत्तिको कारण देशलाई राष्ट्रघात हुने उनको भनाइ थियो । संसद् भंग सफल भए ओलीले आफ्नो इच्छा अनुसार एक वर्षमै पनि फेरी भंग गर्न सक्ने खतरा रहेको उनले बताए । संसद् पुर्नस्थापनाको लागि कांग्रेसले पनि खुट्टा नकमाई सडक आन्दोलन गरे ओलीको पतन निश्चित रहेको उनको भनाइ रहेको छ । प्रतिपक्षी कम्जोर भएकै कारण ओलीले फाइदा उठाएको बताए । पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले ओलीको अनुचित षडयन्त्रले देश डुबानमा परेको बताए । ओलीको कदमले कांग्रेस रमाइरहेको बताउँदै उनले अब समाजवादी पार्टीले मात्र देश बचाउन सक्ने बताए ।




