बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा कोरोना संक्रमित बृद्धको मृत्यु

नवलपुरमा कोरोना संक्रमित बृद्धको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७७, बिहिबार

नवलपुर, १ माघ– नवलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा ७३ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार स्वास्थ्यमा थप समस्या देखिएपछि पुस २६ गते अस्पताल भर्ना भएका मध्यविन्दु नगरपालिका वडा नं। ४ का बृद्धको पुस २९ गते मृत्यु भएको हो । ती बृद्ध मुटु तथा फोक्सो सम्वन्धि दिर्घसमस्याका बिरामी रहेको जनाईएको छ । योसँगै नवलपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->