शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पत्रकार महासंघ कास्कीको साधारण सभा, पत्रकारहरुलाई सम्मान र पुरस्कार

पत्रकार महासंघ कास्कीको साधारण सभा, पत्रकारहरुलाई सम्मान र पुरस्कार


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७७, शनिबार

पोखरा, ३ माघ– नेपाल पत्रकार महासंघ कास्कीले आफ्नो १५ औं साधारणसभाको अवसरमा शुक्रबार पत्रकारलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । सम्मानित हुनेमा अग्रज पत्रकार नारायण कार्की पनि रहेका छन् । उनलाई महासंघ कास्कीले किर्ति स्मृति वृत्ति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । अघिल्लो वर्ष घोषणा गरिए पनि कोभिड–१९ का कारण ढिलोगरि पुरस्कार अर्पण गरिएको हो । किर्ति स्मृति वृत्ति पत्रकारिता पुरस्कार स्वर्गीय सभासद सूर्यबहादुर केसीले स्थापना गरेका हुन् । पुरस्कारको राशी १ लाख ११ हजार १११ रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ ।
यसैगरि दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट महासंघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली सम्मानित भएका छन् । ताम्रपत्रको साथमा नगद ५५ हजार ५५५ रुपैयाँ नगद पनि रहेको यो पुरस्कार आफ्ना पिताको स्मृतिमा विश्वशंकर पालिखे र उनका परिवारले स्थापना गरेका हुन् । पत्रकार स्वर्गीय गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारबाट स्थापित २५ हजार राशीको गजेन्द्र भण्डारी सृजनशील पत्रकारिता पुरस्कार २०७७ बाट भरत कोइराला सम्मानित भए । उनी आदर्शसमाज दैनिकका सम्पादक हुन् । २० हजार राशीको टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७६ बाट कमल पौडैल अथक र २०७७ बाट मोतिसागर अधिकारी सम्मानित भए । २० हजार राशीकै आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका हुन् । २० हजार राशीको मीना सृजनशिल पत्रकारिता पुरस्कार २०७६ बाट रोशनी गुरुङ सम्मानित भइन् । यस्तै ११ हजार १११ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी र २०७७ बाट भीम थापा सम्मानित भए । पोखरा पत्रकारिता सम्मानबाट यसवर्ष संस्थागत रुपमा सूर्यप्रेम बहुउद्धेश्यीय समाज सेवा ट्रष्टलाई सम्मानित गरियो । महासंघ कास्कीका सदस्य कृष्ण दवाडी उत्कृष्ट सदस्यबाट र कार्यालय सचिव जगत कार्की दीर्घसेवा सम्मानबाट सम्मानित भए । उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितले पुरस्कृत गरे ।
साधारणसभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महासंघको आउँदो चुनाव सफल बनाउन सबैसँग आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षता तथा सचिव रामप्रसाद तिमिल्सिनाको संचालन रहेको कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारी, अग्रज पत्रकार नारायण कार्की ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल,सूर्यप्रेम बहुउद्धेश्यीय समाज सेवा ट्रष्टका प्रकाश केसी, टंकादेवि स्मृति पत्रकारिता पुरस्कारदाता सुवर्ण कोइराला, गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारदाता सरस्वती भण्डारी, महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी र कोषाध्यक्ष संजय मल्ललगायतले वोलेका थिए ।साधारणसभापछिको बन्दसत्रले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->