शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रधानमन्त्री र टोले गुण्डाको बोली एउटै : कांग्रेस नेता खड्का

प्रधानमन्त्री र टोले गुण्डाको बोली एउटै : कांग्रेस नेता खड्का


  • ढोरपाटन सम्वाददाता
  • माघ ३ २०७७, शनिबार

पोखरा, ३ माघ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुमार खड्काले प्रधानमन्त्री र टोले गुण्डाको बोली एउटै रहेको बताएका छन् । संसद् विघटनको विरुद्धमा पोखरा महानगरापालिकाको विरोधसभामा बोल्दै खड्काले प्रधानमन्त्रीको अभिव्यक्तिहरु अराजक रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट सुधिर चौधरीलाई ल्याइ ज्वाँलाई जस्तो सम्मान गर्दै नाटकीय अन्तर्वाता लिएको आरोप समेत लगाए । ‘केहि दिन अघिमात्र ओली जी ले भारतबाट पत्रकार बोलाएर आफ्नो अन्तर्वाता लिन बोलाए । अन्तर्वातामा बोलेको देख्दा आफैलाई समेत लाज लाग्यो । त्यहि पत्रकारले सगरमाथामा गएर अन्तर्वाताको ज्याला स्वरुप सगरमाथा मागेका छन्’, यो कस्तो खेल हो ? राजेश हमाल, अनिल कपुरहरुले जस्तै नाटक देखियो । कुनै डाइरेक्टरको निर्देशनमा कलाकारले बोलिरहेका छन् । बालुवाटारमा कला मञ्चन भयो ।’ असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनमा कांग्रेस जान नहुने उनले बताए । ‘हामी आफैले पनि अलोकतान्त्रिक भनिरहेका छौँ संविधानलाई च्यातेर गर्न लागिएको निर्वाचनमा कांग्रेस कसरी जान सक्छ ? हामी २ वर्षपछि बल्ल निर्वाचनमा जाने हो ।’
आज कास्कीका पाँचै स्थानीय पालिकामा कांग्रेसले विरोध प्रदर्सन गरेको छ । यस्तै नेपाली कांग्रेसका नेता देवराज चालिसेले १२ वर्ष देखि औषधी आएको कारण ओलीको दिमागले काम नगरेको आरोप लगाए । ‘१२ वर्ष देखि औषधी खादैँँ आएका प्रधानमन्त्रीको अहिले दिमागी सन्तुलन ठिक छैन् । एउटै औषधी लामो समयसम्म लिदाँ दिमागमा असर पार्दछ यो मैले होइन मेडिकल साइन्सले भनेको कुरा हो’, कांग्रेस पदको लोभ नगरी सिद्धान्तमा चल्ने पार्टी भएकाले सडकबाटै सदन बोलाउने उनले बताए । पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले ओलीले दिउँसै रातपार्ने खेल खेलेको बताए । कार्यक्रममा कास्की कांग्रेसका नेता राजेन्द्रमणी लामिछाने, माया बराल, नवराज बराल, सरस्वती गुरुङ, नेविसंघ केन्दिैय उपाध्यक्ष दिल्लीराम सुवेदी तथा कास्की नेविसंघ पूर्व सभापति विकास थापा लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->