बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बैशाखमा निर्वाचन हुनै सक्तैन : डा.कोइराला

बैशाखमा निर्वाचन हुनै सक्तैन : डा.कोइराला


  • खगेन्द्र पराजुली
  • माघ ३ २०७७, शनिबार

नवलपुर, ३ माघ– नेपाली कांग्रेसका महामन्त्री एवं बिघटित प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले सरकारले तोकेको मिति बैशाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरेका छन् ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक आफु निर्वाचित भएको जिल्ला नवलपुर आएका कांग्रेस महामन्त्री कोइरालाले शनिवार आयोजित बिरोध कार्यक्रममा सर्वोच्च अदालतको संवैधानिक ईजलासमा मुद्धा विचाराधिन अवस्थामै रहेकाले घोषित समयमा चुनाव हुन नसक्ने दावी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक कार्यका विरुद्ध आयोजित देशैभरका ७ सय ५३ वटै पालिका केन्द्रित बिरोध कार्यक्रम अन्तर्गत देवचुलीमा आएका कोइरालाले झण्डै दुई तिहाई बहुमत सहितको जनमत प्राप्त नेकपाको आन्तरिक किmचलोका कारण मुलुकले संकट भोग्नुपरेको बताए । उनले अब नेकपा विभाजित भएको जिकिर गरेका छन् । नेकपा बिभाजित भएकै कारण आधिकारिकता पुष्टि गर्न निर्वाचन आयोगले ढिलाई गर्दा पनि निर्वाचनको समयमै नहुने बताएका हुन् ।
कोइरालाले संविधानमाथि ओलीले निर्मम प्रहार गरेकाले संविधानको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसमा आएको बताए ।
बिरोध र्याली सहित निस्किएको जुलुस चौधरी उद्योगको शास्वत धाम अगाडी पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->