मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कांग्रेसले ग-यो सबै पालिकामा बिरोध प्रर्दशन

कांग्रेसले ग-यो सबै पालिकामा बिरोध प्रर्दशन


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७७, शनिबार

बागलुङ, ३ माघ– प्रतिनिधि सभा बिघटन बिरुद्ध नेपाली कांग्रेसले शनिवार देशभरका पालिका तहमा बिरोध कार्यक्रम गरेको छ । शनिवार बागलुङका पनि दशवटै पालिकामा कांग्रेसले बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार बागलुङ नगरपालिकामा आयोजित बिरोध सभामा कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले प्रधानमन्त्रीको असंवैधानिक कदमले देश अस्थितर राजनीतिको खाडलमा फसेको बताइन् । उनले तत्काल संसद पुनस्थापना भए मात्र संबैधानिक संकट टर्ने बताइन् । नगर सभापति महेन्द्रप्रसाद आचार्यको अध्यक्षता, भोलानाथ आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा सभापति दिपेन्द्रबहादुर थापा, महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, अमरबहादुर कार्की लगायतले बोलेका थिए । पार्टी कार्यालयबाट निकालिएको बिरोध¥याली धौलागिरीचोक, लालीगुराँस चोक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
शनिवारै जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा पार्टी सचिव नवराज पौडेलले संविधानलाईनै खिल्ली उडाएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । उनले संसदको पुनस्थापनाबाट मात्रै संवैधानको रक्षा हुने बताए । कम्प्युनिष्टको सर्बसत्ताबादी चरित्र केपीओलीले संसद भंग गरेर देखाएको समेत उनको आरोप थियो । लोकतान्त्रिक पार्टी भएकोले कांग्रेस निर्वाचनमा जान पनि पछि नपर्ने उनको धारणा थियो । नगरसभापति काशीराम आचार्यको अध्यक्षता, सचिव पुरन श्रीषको संचालनमा सम्पन्न बिरोध कार्यक्रकममा महासमिति सदस्य भीम श्रीष, महाधिवेसन प्रतिनिधि हरिहर शर्मा लगायतले बोलेका थिए ।
कांग्रेसले दशवटै पालिकामा बिरोध गर्न प्रतिनिधि समेत खटाएको थियो । गलकोट नगरपालिकामा पार्टी सचिव चित्रबहादुर कार्की, ताराखोला गाउँपालिकामा प्रदेश सांसद मणभद्र शर्मा, बडिगाड गाउँपालिकाको बिरोध कार्यक्रममा महिला नेतृ गण्डकी थापालाई खटाएको थियो । त्यस्तै ढोरपाटन नगरपालिकामा संगठन बिभाग प्रमुख फमबहादुर खत्री, बरेङ गाउँपालिकामा दिलीप पुन, निसीखोला गाउँपालिकामा तारानाथ पौडेल र तमानखोला गाउँपालिकामा पार्टी सहसचिव सिताराम रसाइलीलाई प्रमुख वक्ताको रुपमा खटाइएको थियो । सबै पालिकामा बिरोध प्रर्दशन र कोणसभा गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->