पोखरा, ४ माघ– पुर्व उद्योग मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले कांग्रेस एक्सनमा आइसकेको बताएका छन् ।
संविधान माथि टेकेर प्रधानमन्त्री ओललिे संसद् विघटनको लागि कांग्रेसले एक्सन लिइसकेको र लोकतान्त्रिक शासन प्रणालीको व्यवस्थालाई निरन्तरता दिनेगरी कांग्रेसले कदम चालेको उनले बताए । ‘हामिले संसद् विघटन पुर्व पनि भनेका थियौँ । कम्युनिष्ट एकता खतरापुर्ण छ लोकतन्त्रको लागि खतरा छ भनेर । आज त्यो प्रष्ट देखिएको छ । हामी सडकै छौँ अदालत भन्दा माथि नागरिक छन् । अब नागरिकले नै लोकतन्त्रको रक्षा गर्छ । कांग्रेसले त्यसको नेतृत्व गरी जानेछ’ जोशीले भने ।
‘कांग्रेस लोकतन्त्रको पर्याय हो । जब जब लोकतन्त्र संकटमा पर्छ तब कांग्रेसले त्यसको रक्षा गर्छ’, कम्युनिष्ट सरकारले संविधानमाथि टेकेर अराजकता फैलाएको जस्को प्रत्यक्ष असर लोकतन्त्रमा परेको बताउँदै उनले लोकतन्त्रको व्यवस्थामाथि प्रहार गरिएको आरोप लगाए ।




