शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सूर्य चिन्ह ओली पक्षकै हुने रिजालको दाबी

सूर्य चिन्ह ओली पक्षकै हुने रिजालको दाबी


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

पोखरा,५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य इश्वरी रिजालले सूर्य चिन्ह ओली पक्षकै हुने दाबी गरेका छन् । ओली रिजालले बाहिर मञ्चबाट भन्न नमिलेपनि भित्र भित्रै सूर्य चिन्ह ओली समुहकै हुने वातावरण बनिसकेको प्रतिक्रिया दिएका छन् ।
‘तपाईँहरु आगामी निर्वाचनको तयारीमा लाग्नुस सूर्य चिन्ह लिएर हिड्नुस । एकिकृत पार्टी आएपनि नआएपनि सूर्य चिन्ह आउँछ निश्चित हुनुहोस् सूर्य चिन्ह बोकेर जानुस बनिसक्यो मञ्चबाट नसकेको मात्र हो भित्रभित्र वातावरण बनिसक्यो स्थिति बनिसक्यो ।’
पोखरामा आयोजित नेकपा वडा स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले वैशाखमा हुने निर्वाचनले प्रचण्ड नेपालको धुलो साफ गर्ने बतएका छन् । निर्वाचन हुने स्पष्टपार्दै कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निदेर्शन समेत दिए । सोहि भेलामा बोल्दै पोखरा महानगरका मेयर मानबहादुर जि.सी.ले सूर्य चिन्ह ओली समुहको नभए कसैको नहुने बताए । ओलीलाई सिध्याउने खेल खेल्दा आफै सकिन लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->