पोखरा, ८ माघ– नेपाली काँग्रेस कास्कीले क्षेत्रीय प्रतिनिधि सुमन पौडेलको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
कास्की कांग्रेसले शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो ।
पोखरा महानगरपालिका ११ रानीपौवा, तुल्सिमार्ग निवासी ४४ वर्षीय पौडेलको माघ २ गते मष्तिस्कघातका कारण निधन भएको हो । उनको पार्थिव शरीर बुधबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा र कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए । पौडेल सिद्व महायोग साधना केन्द्रको सदस्यका रुपमासमेत काम गर्दै आएको मामा भोला बरालले जानकारी दिए । पौडेलका श्रीमती र एक छोरा छन् ।




