पोखरा, ८ माघ– नेपाली कांग्रेस क्षेत्र २ की पुर्व प्रतिनिधि सभा सदस्य शारदा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभई राष्ट्रपति विद्यादेवी भण्डारी समेत संविधान विरोधी भएको बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति विरोध गर्दै कास्कीका सबै वडामा कांग्रेसले विरोध गरेको छ । ओलीले संविधानमाथि टेकेर अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको कारण कांग्रेसले देशभर विरोध प्रदर्सन गरेको छ । संसद् विघटन विरुद्धको विरोधकार्यक्रममा बोल्दै उनले राष्ट्रपतिले सहजै लोकतन्त्र मासिने किसिमको काम गरेको आरोप लागइन् । ‘हामीले महिला राष्ट्रप्रमुख पायौँ भनेर खुसी भयोैँ । तर देशका आम महिला दिदिबहिनी बलात्कृत हुँदा अन्यायमा पर्दा समेत बोलिनन् । ओली ज्युले झ्यालबाट छिरेर दिएको काजमा आफैँले बाकिँ काम सकेर हस्ताक्षर गर्छिन् । यो लोकतन्त्रमाथि खुल्ला रुपमा प्रहार हो’ उनले भनिन् । आन्तरिक द्धन्द्धको कारण जनतालाई दुःख दिएर विघटन गर्नुमा ओलीमात्र दोषी नभई राष्ट्र मुख्य दोषि रहेको बताइन् । संसद् विघटन सच्याएर ल्याउन माग गर्दै उनले जनताको मतको सहि कदर नगरे ओलीको अहंकारलाई सर्वनाश गर्ने चेतावनी दिइन् । ‘कांग्रेस चुनावमा जान डराएको होइन । हामीले जनताको मतको कदर गर्छौ त्यसैले पुर्नस्थापनाको लागि सडकमा छौँ ।’ सोहि सभाको सम्बोधन गर्दै नेपाल दलित संघ कास्कीका सचिव गोविन्द नेपालीले नेकपामा भागबन्डा नमिलेको कारण संसद् विघटन गरेको बताए । राजा ज्ञानेन्द्रलाई जसरी नै राष्ट्रपतिलाई पनि सीतल निवासबाट निकालेर फाल्ने उनले बताए । प्रधानमन्त्रीको दुस्साहसको कारण देश खतरामा परेको उनले बताए । वडा इकाइसभापति टंकनाथ पौडेलले ओलीमात्र नभई ओलीका पक्षमा रहेका सबै वडा अध्यक्षले वडामा समेत भ्रष्टचार गर्ने गरेको आरोप लगाए ।




