बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पुस ५ को बिघटनले राजनीतिमा नयाँ तरंग : कमल थापा

पुस ५ को बिघटनले राजनीतिमा नयाँ तरंग : कमल थापा


  • खगेन्द्र पराजुली
  • माघ ११ २०७७, आइतबार
????????????????????????????????????

नवलपुर, ११ माघ– राप्रपाका अध्यक्ष एवं पूर्व उप–प्रधानमन्त्री कमल थापाले लोकतन्त्र र गणतन्त्रको बीउ नै गलत परेको जिकिर गरेका छन् । नवलपुरको कावासोतीमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नै धार्मिक सांस्कृतिक परिवेश भएको नेपालले धर्म निरपेक्षता र गणतन्त्रलाई धान्न नसक्ने दावी गरे ।
पुस ५ गतेको प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले बिघटन गरेको प्रतिनिधि सभाको बिषयमा बोल्दै थापाले राजनीतिमा नयाँ तरंग आएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले दिएको झण्डै दुई तिहाई मतको बिश्वासलाई कम्युनिष्टले धान्न नसकेको टिप्पणी गरेका छन् । यसैको परिणाम देशमा बिकृति–बिसंगति देखा परेको बताएका हुन् ।
अध्यक्ष थापाले प्रतिनिधि सभा विघटनको मुद्धा अदालतमा बहस चलिरहेकाले न्यायालयलाई कसैले पनि दवाव वा प्रभावमा पार्न नहुने बताउँदै अदालतले गर्ने निर्णय अनुसार चुनाव हुने निर्णय भएमा चुनावी अभियानमा शसक्त भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले संसद पुनस्थापना भए पनि सांसद खरिद बिक्रीको अर्को खतरनाक चित्र आफुले देखेको जिकिर गर्दै भष्ट्राचार, बेथिति र सर्वसत्ताबादी प्रवृतिका प्रधानमन्त्री ओलीको पत्तासाफका लागि पनि नयाँ जनादेशमा जाने प्रक्रिया भने ठीक हुने धारणा राप्रपा अध्यक्ष कमल थापाको थियो ।
नेपाल जस्तो भुराजनिति भएको देशमा एकातिर बिशाल चीन र अर्कोतिर भारत दुबैको नेपालसँग स्वार्थ लुकेको दावी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->