बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गैंडाको आक्रमणबाट घाईते रानाभाटको उपचारमा समस्या

गैंडाको आक्रमणबाट घाईते रानाभाटको उपचारमा समस्या


  • खगेन्द्र पराजुली
  • माघ १२ २०७७, सोमबार

नवलपुर, १२ माघ– गत माघ ४ गते गैंडाको आक्रमणबाट घाइते भएका पदमबहादुर रानाभाटको उपचार खर्च जुटाउन गाह्रो भएको छ ।
देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरको मध्यवर्ती क्षेत्र सालघारीमा गैंडाले आक्रमण गर्दा रानाभाट घाइते भएका हुन् ।
अहिले उनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । तर, कमजोर आर्थिक अवस्थाका कारण दैनिक औषधोपचारमा आउने खर्च जुटाउन परिवारलाई अप्ठ्यारो परेको अस्पतालमा घाइतेको स्याहार–सुसारमा बसेकी पदमकी श्रीमतीले बताएकी छन् ।
घाईतेकी श्रीमती बिष्णुमाया रानाभाटले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको र गैंडाको आक्रमणपछि सानो पसलसमेत बन्द गरेर श्रीमानलाई कुर्नुपर्दा रकम अभाव भएको बताएकी हुन् ।
पदमको उपचारमा संलग्न डाक्टरको भनाई उधृत गर्दै बिरामीसँगै अस्पतालमा बसेकी बिष्णुमायाका अनुसार उनका श्रीमानको शरीरका बिभिन्न अंगहरुमा सामान्य चोटपटक लागेपनि मेरुदण्ड र छातीको करङ भाचिएका छन् । उठ्न–बस्न नमिल्ने घाइते अवस्थामा रहेका पदमको अप्रेशन गर्नुपर्ने भएपछि उपचार खर्च अभाव भएको हो । उनलाई ठीक हुन ३ देखि ६ महिनासम्म लाग्ने डाक्टरले बताएका छन् । तत्काललाई ऋण–धन गरेर जुटाएको ५० हजार, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको शिशवार मध्यवर्ती उपभोक्ता समितिले आकस्मिक रुपमा उपलब्ध गराएको २० हजार रुपैयाँ सकिएको छ ।
उनले सरकारी अस्पतालमा उपचार भैरहदा वन–निकुञ्ज तथा मध्यवर्ती लगायतका सरोकारवाला निकायले उपचारका बखत लाग्ने खर्चमा अस्पतालसँग समन्वय गरेर सहजीकरण गरिदिने हो भने केही राहत हुने आशा गरेकी छन् । तर, कसैले पनि आफ्नो कुरा नसुनेको गुनासो गरिन् । उनले भनिन्– “एक पटक आएर फोटो–सोटो खिचेर जानुभयो । अस्तालमा कुरा गर्छौ भन्नुभयो तर अस्पताल प्रशासनले अप्रेशनका लागि के–के सामान काठमाण्डौबाट किनेर मगाउनुपर्छ पैंसाको ब्यवस्था गर्नुस् भनेको छ मसँग पैसा नै छैन ।”
यता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संस्थागत रुपमा सहयोगको भुमिका खेलिरहेको बताए । पाण्डेले बढीमा तीन महिनासम्ममा बिल भरपाई अनुसारको सबै उपचार खर्च नेपाल सरकारले बेहोर्ने प्रावधान रहेकोले प्रक्रियागत ढंगबाटै सोधभर्ना हुने बताए । अस्पताल प्रशासनसँग पनि छिटो उपचार गर्न आग्रह गरेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->