शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

राप्रपा कास्की क्षेत्र नम्बर ३ मा विभिन्न तहको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड

राप्रपा कास्की क्षेत्र नम्बर ३ मा विभिन्न तहको अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड


  • ढोरपाटन सम्वाददाता
  • माघ १३ २०७७, मंगलबार

पोखरा, १३ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्की क्षेत्र नम्बर ३ ले सोमबार क्षेत्रीय भेला सम्पन्न भएको छ । भेलामा क्षेत्र अन्र्तगत वडा, गाउँपालिका,नगर तथा क्षेत्रिय कमिटि अधिवेशन सम्पन्न गर्नेबारे छलफल भएको थियो । साथै भेलाले अधिवेशन सम्पन्न गर्न जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।
राप्रपा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रीय सदस्य शिवकुमार बाँस्तोला, बरुण विक्रम राणा, गण्डकी प्रदेश सह–सचिव भिम भण्डारी, कास्की उपाध्यक्षद्वय गणेश ढकाल, दानबहादुर गुरुङ सचिव हरिप्रसाद बराल, पोखरा महानगर कमिटि अध्यक्ष मोतीमान शाक्य लगायतले आ–आफ्नों भनाई राखेका थिए । उनीहरुले पार्टीको मुख्य एजेण्डा संवैधानिक राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दू राष्ट्र कायम, पूर्ण अधिकार सहितको स्थानिय निकाय कायम गर्दै संघियता खारेजी हुनुपर्नेमा जोड दिए ।
कास्की क्षेत्र नम्बर ३ का अध्यक्ष तीर्थराज सुवेदीको अध्यक्षतामा भएको भेलामा क्षेत्र नम्बर ३ अन्र्तगत विभिन्न तहका नेता तथा सक्रिय कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । राप्रपा क्षेत्र नम्बर ३ का युवा नेता पूर्णबहादुर गुरुङ (जापान)ले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->