पोखरा, १६ माघ– प्रचण्ड–माधव नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीत गिरी ओलीले संविधान रक्षाको लागि आफूहरु सडक आएको बताएकी छन् ।
उनले विकास निर्माणको समीक्षा गर्नुपर्ने समयमा बाध्य भएर आन्दोलनमा होमिनु परेको जिकिर पनि गरिन् । उनी नेकपा माछापुच्छ«े गाउँपालिका ७ धम्पुसले बिहीबार आयोजना गरेको प्रतिगमनविरुद्ध बृहत बिरोधसभामा बोल्दै थिइन् ।
प्रधानमन्त्री ओलीले नेपाललाई र नेपाली जनतालाई अध्ययारो खाडलमा हाल्ने कदम चालेको बताउँदै उनले भनिन्,‘ संविधानमा नै नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओली उखान टुक्का हाल्दै हिँडेका छन् ।’उनले आफूलाई केन्द्रीय समितिको बैठकमा बोल्न पनि नदिइएको गुनासो गरिन् ।
नेकपा गण्डकी कमिटी सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले नेकपाको पार्टी विवादको बेला आम सर्वसाधारण जनतालाई आफ्नो पक्षमा पार्न बजेट दुरुपयोग हुनसक्ने सम्भावना व्यक्त गरे । नेकपाको अर्को समूह केही स्थानीय तहमा विभिन्न कार्यक्रम र बजेट पारिदिने आश्वासन बाँड्दै हिँडेको जिकिर गर्दै उनले राज्यको सम्पत्ति कसैको बाबुको बिर्ता नभएकोले राज्यको सम्पक्ति दुरुपयोग भएमा उनीहरुलाई राम्रै हिसाव किताव गर्ने चेतावनी दिए ।
नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको समयमा भ्रष्टचार, वलत्कार, महङ्गी बढेको दाबी गरे । नेकपा कास्कीका सचिवालय सदस्य दलबहादुर गुरुङले कोरोनाबाट प्रभावित भएका जनताको राम्रो उपचार र भ्याक्सिन दिर्न नसक्ने सरकारले कहाँबाट ल्याएर निर्वाचनको खर्च व्यवस्थापन गर्छ भन्ने प्रश्न गरेका थिए । कार्यक्रममा अर्का सदस्य नवराज भण्डारी,युवा नेतृ पविना अधिकारी,बैकुण्ठ भण्डारी,यदुनाथ अधिकारी ,नेकपा माछापुच्छ«े गाउँपालिकाका ७ का अध्यक्ष बाबुराम भण्डारी,युवा नेताहरु लालबहादुर परियार र आसिस गुरुङ, नेकपा माछापुच्छ«े गाउँपालिका ७ का सचिव डिल्लीराम भण्डारीलगायतले बोलेका थिए ।




