बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बाढीपहिरो पिडीतको आवास निर्माण गर्न अनुदान

बाढीपहिरो पिडीतको आवास निर्माण गर्न अनुदान


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, १६ माघ– बाढीपहिरोका कारण घरबास गुमाएकाहरुको पुनस्थापनाको प्रक्रिया सुरु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको पुस २६ गते बसेको बैठकले कार्यबिधि स्वीकृत गरेपछि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्रिया थालेको हो ।
कार्यबिधिले भुकम्प पीडितहरुले पाएको अनुदान जस्तै बाढीपहिरो पीडितहरुका लागि पनि नीजि आवास पुननिर्माणका लागि अनुदान दिने व्यवस्था गरेको छ । बाढीपहिरोका कारण घरबास गुमाएका परिवारका लागि आवास पुननिर्माण गर्न तीन किस्तामा अनुदान दिने कार्यबिधिमा उल्लेख रहेको प्राधिकरणका प्रबक्ता जनार्जन गौतमले बताए ।
निजी आवास पुननिर्माणका लागि प्राधिकरणले चार लाख रुपैयाँ अनुदान प्रतिपरिवार उपलव्ध गराउने छ । हिमाली जिल्लाको हकमा पाँच लाख र तराईका जिल्लाको हकमा तीन लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको छ । एकाघर परिवारका सदस्यहरुको देशभर कहिँकतै जग्गा नभएको, बाढीपहिरोका कारण पुनः घर बनाउनै नसक्नेगरी जग्गा मासिएको परिवारले बढीमा थप तीन लाख रुपैयाँ अनुदान जग्गा खरिदका लागि पाउने व्यवस्था छ ।
प्राधिकरणले तयार पारेको कार्यबिधि गृहमन्त्री अध्यक्ष रहेको कार्यकारी समितिबाट स्वीकृत भएसँगै विश्व बैंकको सहयोगमा पुननिर्माण र पुनस्थापनाको काम थालिने गौतमले बताए । ‘देशको कुनै भुभाग वा देशनै संकटग्रस्त घोषणा भएको खण्डमा विश्व बैंकको क्याच डिडिओ फण्ट (५० मिलियन) सहयोग हुन्छ’ गौतमले भने ‘बागलुङ र सिन्धुपाल्चोक बिपदग्रस्त घोषणा भएको अवस्थामा विश्व बैंकको सहयोगमा पुननिर्माणको काम हुने छ ।’
२०७७ जेठ ३० गते यता बाढीपहिरोका कारण पीडित बनेका बास्तविक सबै पीडितले अनुदान पाउने गौतमले बताए । पीडितले बनाउने घरको नमुनासमेत प्राधिकरणले सार्वजनिक गरेको छ । प्राधिकरणले स्थानीय तहको परिचालन र अनुगमनपछि पुननिर्माणको काम थाल्ने भएको हो । ‘अनुदान रकम लाभग्राहीको खातामा जान्छ, पुननिर्माणको अनुगमन र नियमन स्थानीय तहले गर्ने बिधि छ’ गौतमले भने ‘स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीले किस्तामा अनुदान पाउँछन् ।’
देशभरका पीडितले प्राधिकरणले उपलव्ध गराउने अनुदान पाउने छन् । ‘वास्तविक पीडित नछुटुन, बनावटी नपरुन भन्नेमा हामी किलियर छौं’ गौतम भन्छन् ‘पीडितको समस्या छिट्टै समाधान गर्ने प्रयास भैरहेको छ ।’
पीडितको लगत संकलन र वास्तविक लाभग्राही पहिचानको जिम्मेबारी भने जिल्ला बिपद् व्यवस्थापन समितिले पाएको छ । बागलुङमा स्थानीय तहहरुले उपलव्ध गराएको तथ्यांक अनुसार ५ सय ९० घर परिवार बिस्थापित भएका छन् । प्राधिकरणमार्फत घर निर्माण नगरि नहुने लाभग्राहीको सूचि पुन अध्यावधि गर्ने काम चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।
‘कार्यबिधि स्वीकृत भएको खबरपछि हामीले कामलाई थप गति दिएका छौं’ पौडेलले भने ‘स्थानीय तहसँग पीडितको तथ्यांक मागेका छौं, छिट्टै टुंगो लगाउँछौं ।’ स्थानीय तहले पठाएको विवरण समितिले अनुगमन गरेर अन्तिम टुंगो लगाउने छ ।
प्राधिकरणले उपलव्ध गराउने अनुदान घरबास गुमेकाले मात्रै पाउने छन् । प्राधिकरणले अर्को बर्षा सुरु हुनुपूर्वनै पीडितका घर बनाउने योजना बनाएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राधिकरणले बाढीपहिरो प्रभावित क्षेत्रहरुमा सर्वेक्षणका लागि प्राबिधिक टोली खटाएको समेत जानकारी दिए ।
बागलुङमा सबैभन्दा धेरै भदौ १७, २८ र २९ गतेको बाढी पहिरोका कारण बिस्थापित भएकाहरुको तथ्यांक छ । जिल्लाको ढोरपाटन नगरपालिका बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको थियो । सरकारले बिपदग्रस्त जिल्ला घोषणा गरेकाले संघीय सरकारको सहयताको आशाले यहाँका स्थानीय तहले बिस्थापितको व्यवस्थापन र पुननिर्माणमा ध्यान पु¥याएका थिएनन् । प्राधिकरणले काम थालेपछि पीडितहरुमा आश पलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->