पोखरा, १७ माघ– नेपाली कांग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोको लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।
उनले पोखरा महानगरपालिका वडा २७ अर्चले बाह्रघर आमा समूहमार्फत् ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोमा लगाउने टिसर्ट, पछ्यौरा तथा सिरक वितरण गरेकी हुन् ।
कार्यक्रममा उन्नतशील आमा समूह, शिरोमणि आमा समूह, जनहित आमा समूह, अर्चले बाह्रघर आमा समूहमा आबद्ध ज्येष्ठ नागरिकसहित करिब १ सय जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको कपडा वितरण गरिएको हो ।
आफ्नो जन्मस्थलोसमेत भएको कारण सो क्षेत्रमा रहेका ज्येष्ठ नागरिक तथा विपन्न वर्गको सम्मानमा सो कार्य गरिएको उनले बताइन् । उनले पोखराको भलामका किसानलाई कोदालो सहयोग गरेकी थिइन् । कार्यक्रममा कांग्रेस नेतृ शारदा गिरी, तरण दलका नेता जीवन बास्तोला, स्थानीय कृष्णमणि पौडेल, अर्चले बाह्रघर आमा समूहकी अध्यक्ष पार्वती लामिछानेले शान्ति काफ्ले लामिछानेलगायतले बोलेका थिए ।




