पोखरा, १७ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्धमा नागरिक आन्दोलन सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो घरको झगडाको कारण घरमा आगो लगाउन छाडी देशमा आगो लगाएको र त्यो छुट प्रधानमन्त्रीलाई नभएको भन्दै दोस्रो जनआन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । शनिवार पोखराको मानवअधिकार चोक देखि महेन्द्रपुलसम्म भएको विरोध ¥यालीको सम्बोधन गर्दै वक्ताहरुले प्रधानमन्त्रीले आन्तरिक द्धन्द्ध मिलाउन नसकि जनतालाई नै दुःख दिने काम गरेको बताएका छन् ।
काठमाण्डौँमा नागरिक आन्दोलनले जनआन्दोलनको घोषणा गरिरहेको बेला जनआन्दोलनमा शहिद भएका भिमसेन दाहालको शालिक मुनि बसेर पोखरामा समेत जनआन्दोलन गर्ने अवस्था आउन लागेको बताएका छन् । पोखरामा संसद् पुनः स्थापना सहित संविधानको रक्षा गर्न फेरीपनि एकचोटि जनआन्दोलन गर्नुपर्ने अवस्था देखिएको बताएका छन् । शान्तिपुर्ण आन्दोलनको नेतृत्व गरेका सुदर्शन पौडेलले हिजोमात्र शहिद दिवस मनाइरहँदा आज फेरी शहिद हुनुपर्ने दिन निम्तीएको बताएका छन् ‘हामीले दोस्रो पटक जनआन्दोलन गर्नपर्ने अवस्था आएको छ । हिजो यहि शालिकमा फुल चढाएका हामी आज फेरी आफै शहिद हुनुपर्ने बाध्यता आइलागेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले जनतालाई आर्थिक भार पर्ने गरी प्रधानमन्त्रीले संविधान विपरीत काम गरेको बताए । बारम्बार हुने अराजकता र तानाशाहिको विरुद्ध गरिएको आन्दोलन खेर जाने काम भएको र पहिलेको आन्दोलन खेर जान नदिन पुन आन्दोलन गर्न बाध्य भएको बताए । सोहि सभाको सम्बोधन गर्दै गणेश पौडेलले जे का लागि आन्दोलन गरेको त्यहि अन्त्य गर्ने खेल ओली सरकारले खेलको आरोप लगाए । अहिलेको सरकार अनुसाशनहिन र अधिनायकवाद रहेकाले फेरी एक पटक आन्दोलन गर्न बाध्य भएको बताए । यस्तै निर्मला न्यौपानेले देशको व्यवस्थानै धरापमा परेको बताईन् । कार्यक्रमको संयोजन गरेका सुदर्शन पौडेलले नेकपा सरकारको कारण फेरी एकपटक जनआन्दोलन गर्न बाध्य भएको बताए । उनले संविधानको रक्षाका निम्ति र विधिको शासनका निम्ति एक पटक जनआन्दोलन भई शहिद हुनुपर्ने बाध्यता आएको धारणा राखे ।




