बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा लायन्स क्लबको रक्तदान कार्यक्रम

बागलुङमा लायन्स क्लबको रक्तदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०७७, बुधबार

बागलुङ, २१ माघ– रगतको अभावबाट हुन सक्ने सम्भावित जोखिम रोक्नका लागि बागलुङका लायन्स क्लबले रक्तदान गरेका छन् ।
विभिन्न रोगको उपचार, शल्यक्रिया, दुर्घटना तथा प्रसुतिको समयमा रगतको अभावले बिरामीको अकालमा मृत्यु नहोस् भन्ने उदेश्यले रक्तदान गरिएको हो ।
लायन्स क्लब अफ धौलागिरि, लायन्स क्लब अफ बागलुङ सिटी र लियो क्लब अफ धौलागिरि बागलुङको आयोजना  रक्त संचार केन्द्र बागलुङको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लबका अध्यक्ष जयराम भारीले बढ्दो कोरोना संक्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला क्लबले रक्तदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->