मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बन्दका कारण जनजीवन प्रभावित

बन्दका कारण जनजीवन प्रभावित

बागलुङका चोक चोकमा बन्दकर्ता, पोखरामा विद्यार्थी नेता पक्राउ ।


  • ढोरपाटन संवाददाता
  • माघ २२ २०७७, बिहिबार

बागलुङ, २२ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज गण्डकी प्रदेशका सबै जिल्लाको प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार प्रदेशभर सञ्चालन हुने सवारी सधान साविकभन्दा न्यून चलेका छन् ।
पोखरा सहकर्मिका अनुसार बन्द कर्ता र बन्दको अवज्ञा गर्ने दुवै समुहमा सडकमा निस्किएका छन् । बन्दको बिरोधमा निस्कीएपछि बन्दकर्ता र बिरोधीहरु अघिपछि छन् । पोखराको महेन्द्रपुलबाट प्रहरीले विद्यार्थी नेता बिनायक तिमिल्सीना सहितका केही नेकपा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।
ढोरपाटन बागलुङ सहकर्मिका अनुसार बागलुङ बजारका चोक चोकमा बन्दकर्ताहरुले सवारी साधन रोकिरहेका छन् । खुलेका पसलहरु बन्द गराउन नेकपा कार्यकर्ताहरु सडकमा निस्कीएका छन् । गाउँका कच्चि सडकमा चल्ने सवारी समेत चलेका छैनन् भने स्थानीयतहका मुकाममा रहेका स–साना बजारहरु समेत बन्दकर्ताले ठप्प पारेका छन् । प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->