नवलपुर, २२ माघ– नेकपाको आमहड्तालको बन्दको प्रभाव नगरसभामा परेको छ । पुर्वनिर्धारित नवलपुरको देवचुली नगरपालिकाको सातौ नगर सभा स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा बिघटन र संबैधानिक नियुक्ति बिरुद्ध नेकपा प्रचण्ड माधव समुहले आह्वान गरेको देशब्यापी आन्दोलनका कारण नगर सभा स्थगन गर्नुपरेको देवचुली नगपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठले बताए ।
मेयर श्रेष्ठले बिहीवार आह्वान गरिएको नगरसभा नगर्न नेकपा प्रचण्ड माधव समुहका कार्यकर्ता नगरपालिका आएर आग्रह गरेको बताएका छन् ।
औपचारिक रुपमा नै शुरु नभई नगर सभा स्थगित भएको हो ।
पुर्व घोषित र पुर्व तयारी कार्यक्रम भएकाले नगर सभा सम्पन्न गर्न पुरा ब्यवस्थापन भएको थियो । गणपुरक संख्या पुगेकाले सभा सञ्चालन गर्न नगर सभामा उपस्थित सदस्यले माग गरेका थिए ।
स्थगित नगरसभा माघ २५ गते गर्ने नगरप्रमुख पुर्णकुमार श्रेष्ठको भनाई छ । बिनाकारण नगरसभा स्थगित गरेको भन्दै २५ गतेको नगरसभा हुन नदिने अर्को पक्षले चेतावनी दिएको छ ।





