बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाल–भारत दुईदेश बीच केही चुनौती छन् : सूर्य भुसाल

नेपाल–भारत दुईदेश बीच केही चुनौती छन् : सूर्य भुसाल

कावासोतीको सेण्ट जोसेफमा बिचार गोष्ठी ।


  • खगेन्द्र पराजुली
  • माघ २३ २०७७, शुक्रबार

नवलपुर, २३ माघ– कावासोतीको सेण्ट जोसेफ स्कुलमा बर्तमान सन्दर्भमा नेपाल–भारत सम्वन्ध बिषयमा बिचार गोष्ठी भएको छ । शुक्रवार नेपाल–भारत मानव बिकास एवं मैत्री संघको आयोजना एवं कावासोती सेण्ट जोसेफ स्कुलको ब्यवस्थापनमा कार्यक्रम भएको हो ।
नवलपुर सदरमुकाम कावासोतीका शैक्षिक क्षेत्रका प्रबुद्ध ब्यक्तिहरु समेतको उपस्थिति रहेको गोष्ठीमा प्रमुख बक्ता नेपाल–भारत मानव बिकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसालले दुईदेशका बीचमा केही चुनौती रहेको बताएका छन् ।
एकै घरमा एउटै आमाले जन्माएका र हुर्काएका सन्तानबीच मतभेद र समस्या हुने तर्क गर्दै नेपाल–भारत यी दुईदेशबीच समस्या देखानपर्ने भन्ने नहुने धारणा राखेका थिए । उनले भने– “चुनौती नभएका पनि होईनन् । त्यो चुनौतीलाई अवसरमा ढाल्नु नै जिम्मेवारी र प्रभावकारी त्यही हो ।”
उनले बिषयलाई उठान गरेर तिक्तता पैदा गर्ने त्यसपछि समस्यालाई थाती राखेर आफ्नो अनुकुल र स्वार्थका लागि भजाईरहने त्यस्तो तत्व सक्रिय रहेको पनि जिकिर गरेका छन् ।
उनले सरकारले गर्नुपर्ने कामका साथै अन्य बिभिन्न सरोकारवाला उद्योग, शिक्षा, पर्यटन लगायत निकाय वा संस्थाले समाधानको भुमिका गर्नुपर्ने आशय ब्यक्त गरे ।
समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा महत्वपुर्ण हुनेमा उनको जोड थियो ।
मैत्री संघका अध्यक्ष भुसालले नेपाल–भारत मानव बिकास एवं मैत्री संघले सन् १९९९ मा भएको हवाईजहाज अपहरणका कारण चिस्सिएको नेपाल–भारत सम्वन्धलाई सहजीकरण गर्न स्थापित भएको संघले माओवादी द्वन्द अन्त्य गर्ने सवालदेखि दुईदेशबीचको सम्वन्धमा काठमाण्डौ–दिल्ली सरकार र दुबै देशका कुटनैतिक नियोगमार्फत उल्लेख्य घटना–परिघटनामा सहजीकरण गरेको दावी गरेका छन् ।
बिद्यालयमा भएको कार्यक्रममा भारत–नेपाल सम्वन्धका बीचमा धेरै चर्चा गरेका भुसालले शिक्षाको क्षेत्रमा प्रवृधि र संस्कृतिका बारेमा पनि बोलेका थिए । उनले कोभिडका कारणले पुर्ण सहज हुन नसकेकाले सीमावर्ती नाका पुर्ण रुपमा खुलेलगत्तै कावासोती सेण्ट जोसेफका शिक्षक र बिद्यार्थीलाई भारतको सुचना–प्रबिभिसँग जोडिएको शिक्षा, त्यहाँको शैक्षिक अवस्थासँगसँगै शिक्षा र संस्कृतिको बिषयमा अध्ययन गराउने उदेश्यले शैक्षिक भ्रमण गराउने प्रतिवद्धता जनाएका छन् ।
बिचार गोष्ठीमा बोल्दै बुद्धिजीवी सरस्वती तिमिल्सिनाले दुईदेशबीचको सम्वन्धमा बिषयमा जिज्ञासा सहितको टिप्पणी राखेकी थिईन् ।
स्कुलका प्रिन्सीपल कमल चापागाईको स्वागत मन्तब्य रहेको कार्यक्रमको अध्यक्षता धनबहादुर मास्की मगरले गरेका थिए भने सञ्चालन स्कुलका कार्यक्रम संयोजक बिकास थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->