शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरामा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ

पोखरामा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७७, शुक्रबार

पोखरा, २३ माघ–पोखरा महानगरपालिका– ९ नयाँ बजारमा जुवाको खालबाट नगद सहित ११ जना पक्राउ परेका छन् । नयाँबजार निवासी कृष्णलाल जोशीको घरमा तास खेलिरहेको अवस्थामा नगद ५९ हजार ७ सय ५० रुपैँया सहित क्षेत्र बहादुर जिम्बा, अर्जुन कार्की, एकनारायण उपाध्याय, डिल बहादुर राई, दण्डी बहादुर थापा, चित्र बहादुर गुरुङ, कृष्ण लाल जाशी, थमन बहादुर गुरुङ, सन्तोष पाण्डे, बिष्णु बहादुर गुरुङ र चिज गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । अबैद्य रुपमा तास खेलीरहेको भन्ने सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद सहित २१२ पत्ती तास बरादम गरेको हो । उनीहरु विरुद्ध सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (जुवा) अन्तर्गत मुद्धा दर्ता गराई अनुसन्धान भइराखेको प्रवक्ता हमालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->