बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खबरदार कसैलाई धम्की नदिइयोस् : नेता पुन

खबरदार कसैलाई धम्की नदिइयोस् : नेता पुन


  • ढोरपाटन सम्वाददाता
  • माघ २५ २०७७, आइतबार

तनहुँ, २५ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले केपी र रामबहादुर गुटले राज्यशक्तिको धम्की दिदैमा आफूहरु नडराउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ दाहाल–नेपाल समूहले शनिबार दमौलीमा आयोजना गरेको जनवर्गीय संगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘युद्ध लडेर आएका, क्रान्ति गरेर आएका, जेलनेल सहेर आएका, विभिन्न खालका निरंकुशताविरुद्ध लडेर आएका नेता कार्यकर्ताहरु आन्दोलनमा छन् । केपी गुट या रामबहादुर गुटको धम्कीमा कोही डराउनेवाला छैन् । हामी डराएका छैनौँ । खबरदार कसैलाई धम्की नदिइयोस्’,उनले ओली पक्षलाई इंगित गर्दै भने, ‘प्रहरी सेनाको घेरामा बसी राजा महाराजको जस्तो अभिनय गर्दैमा कोही शक्तिशाली नहुने बताए ।’
पुनले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटनको कुनै अधिकार नभएको बताए । केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने उल्लेख गरिन् । हजारौ शहीदका बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्ध बोल्नेहरुका विरुद्ध हदैसम्मका लडाई लड्न आफुहरु तयार रहेको उनको चेतावनी छ ।
केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझैपनि एकढिक्का भएर अगाडी बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद पुनस्र्थापना भएको बताए । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले संसद पुनस्र्थापनाको विरोधमा सबै दलबीच संयुक्त आन्दोलनको आवश्यकता औंल्याइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->