बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनतामा जानु अलोकतान्त्रिक होईन : मुख्यमन्त्री गुरुङ

जनतामा जानु अलोकतान्त्रिक होईन : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०७७, सोमबार

तनहुँ, २६ माघ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद विघटन गरी जनमतमा जानु अलोकतान्त्रिक कदम नभएको बताएका छन् । लोकतन्त्रमा जनता न्यायधीश भएकाले जनतामा जान डराउन नहुने उनको भनाई छ । तनहुँको भानु नगरपालिका-५ पुरनडिहीमास्थित नगरस्तरिय अस्पतालको शिलन्यास कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्यमन्त्री गुरुङले प्रश्न गर्दैै भने, ‘लोकतन्त्रमा जनता न्यायधीश हुन् । लोकतान्त्रिक सरकारले गरेको निर्णय कसरी असंवैधानिक हुन्छ ?’ उनले चुनावको विरोध गर्नेहरु चुनावमा जान डराएको जिकिर गरे ।
उनले संसद पुर्नस्थपना हुने या चुनावमा जाने बिषय अदालतले निर्णय गर्ने जनाए । प्रधानमन्त्री र अध्यक्ष पदको सौदाबाजी गरेर केपी शर्मा ओलीलाई काम गर्न नदिइएको मुख्यमन्त्री गुरुङको भनाई छ । संघियताले विकासको गति बढाएको उनको दाबी थियो ।
संघिय सरकारको निर्णय अनुसार जिल्लाका पाँच स्थानीय तहमा गत मंसिर १५ गते एकसाथ पालिकास्तरिय अस्पताल शिलान्यास गरिएको थियो । भानुमा प्रमुख अतिथिमा विवाद भएपछि शिलान्यासको कार्यक्रम स्थगित भएको थियो । उक्त नगरस्तरीय अस्पताल निर्माणका लागि संघिय सरकारले १८ करोड ६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->