बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा भागीरथी भट्टको न्यायका लागि मैन प्रज्वलन

कावासोतीमा भागीरथी भट्टको न्यायका लागि मैन प्रज्वलन


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १ २०७७, शनिबार

नवलपुर, १ फागुन– बैतडीकी भागरथी भट्टको न्यायका लागि नवलपुरमा मैनबत्ती बालेका छन् । हाम्रो दृष्टि राम्रो दृष्टि, हरियाली संस्था र बातावरण जनजागरण बिकास संस्थाका स्वयंसेवकहरुले नवलपुर सदरमुकाम कावासोतीको फलफूल चोकमा मृतआत्माको शान्तिको कामना गर्दै पिडीतको न्यायको पक्षमा शुक्रवार साँझ मैनबत्ती प्रज्वलन गरेका हुन् ।

उनीहरुले निर्मला पन्तको जस्तो छानविन नहोस् भन्दै भागीरथी भट्टलाई न्याय दे सरकार भन्ने प्लेकार्ड सहित नारा लगाएका थिए ।

बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->