बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीमा राप्रपाको नगर समिति गठन

कावासोतीमा राप्रपाको नगर समिति गठन


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १ २०७७, शनिबार

नवलपुर, १ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवलपुरले कावासोतीमा नगरस्तरीय समिति गठन गरेको छ । शुक्रवार कावासोतीमा भएको नगरस्तरीय कार्यकर्ताको भेलाले ऋषिप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको हो ।

राप्रपाको सांगठनिक सुदृढिकरण र बिस्तार, बर्तमान अवस्थामा राप्रपाका मुल एजेण्डा जनस्तरसम्म पुर्याउन तथा बिकसित राजनैतिक परिस्थितिमा पार्टीका धारणाहरु कार्यकर्तासम्म प्रवाह गर्ने उदेश्यले नवलपुर आएका राप्रपा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य एवं गण्डकी प्रदेश समितिका अध्यक्ष हेमजंग गुरुङको प्रमुख आतिथ्यतामा नगर स्तरीय समिति चयन भएको हो ।

नव निर्वाचित कार्य समितिलाई केन्द्रीय कार्य सम्पादन समितिका सदस्यद्वय एवं नवलपुर राप्रपाका नेता बलराम थापा र बिन्दु पहाडी लगायतले शुभकामना दिए ।

भेलाले राप्रपा नगर समितिको उपाध्यक्षमा ध्यानप्रसाद रेग्मी र सचिवमा राधिका रेग्मीलाई चयन गरेको छ भने सदस्यहरुमा मीना राना, रामलाल खरेल, रुद्रप्रसाद रिजाल, तीर्थ पौडेल, आशिष तिवारी, लालबहादुर खत्री, कृष्णप्रसाद रेग्मी र लक्ष्मीप्रसाद न्यौपाने छानिएका छन् ।

आगामी फागुन ८ गते बस्ने नगर समितिको बैठकले पदपुर्ति गर्न बाँकी कोषाध्यक्ष र सह–सचिव छनोट गर्नुका साथै थप सदस्य मनोनित गरिने नेतृ बिन्दु पहाडीले जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->