शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आर्मीलाई हराउँदै टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेशलाई

आर्मीलाई हराउँदै टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेशलाई


  • संजय रेग्मी
  • फाल्गुन १ २०७७, शनिबार

पोखरा, १ फागुन– गण्डकी प्रदेशको राजधानी पोखरामा भएको प्रथम टाइगर कप आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
शनिवार पोखरा रङ्गशालामा ‘वेस्ट अफ फाईभ’ को आधारमा भएको पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गण्डकीले पराजित गरेको हो। प्रतियोगितामा पहिलो सेट २५–२२ ले गण्डकीले जितेकोमा दोस्रो सेट २५–२१ ले आर्मीले जितेको थियो । निकै प्रतिस्पर्धी बनेको तेस्रो सेटमा ३२–३० ले गण्डकी प्रदेशको पक्षमा नतिजा आयो । यस्तै चौथो सेट २५–२३ अङ्क सहित आर्मीको पक्षमा पुग्यो भने अन्तिम तथा पाँचौँ सेटमा गण्डकी प्रदेशले १५–११ को अन्तरमा सेट आप्mनो पक्षमा लिएको थियो ।
विभिन्न प्रतियोगिताहरूमा उपाधि रक्षा गर्न सफल त्रिभुवन आर्मी क्लब सोही अपेक्षा अनुसार मैदानमा उत्रिएको थियो। गण्डकी प्रदेशको टोली पनि घरेलु मैदान र घरेलु दर्शकका कारण उच्च जोसका साथ प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसमा पनि लिग चरणको खेलमा विभागीय टोली आर्मीलाई पराजित गर्न सकेका कारण गण्डकी प्रदेशको टोलीमा जित्न सक्ने महत्त्वाकाङ्क्षा बलियो रहेको थियो । लिग चरणमा गण्डकी प्रदेश एक सेटले पछि परे पनि उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । त्रिभुवन आर्मी क्लब विभागीय प्रतिद्वन्द्वीद्धय एपिएफ र पुलिसलाई सजिलै पराजित गरेर लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो ।
जितसँगै गण्डकी प्रदेशको टोलीले एक लाख ५० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आर्मीले ७५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ। यस्तै तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ । सान्त्वना बनेको ए।पी।एफ क्लबले नगद १५ हजार रुपैयाँ पाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकरले जनही पाँच हजार रुपैयाँ नगद पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->