बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा दुर्घटनापछिको उद्धार अभ्यास

नवलपुरमा दुर्घटनापछिको उद्धार अभ्यास


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ६ २०७७, बिहिबार

नवलपुर, ६ फागुन– नवलपुरको कावासोतीमा सडक दुर्घटनापछिको व्यवस्थापन र भूमिकाको बिषयमा प्रयोगात्मक अभ्यास भएको छ । पूर्व– पश्चिम मुख्यमार्गमै कृतिम दुर्घटनामार्फत् सचेतनामुलक कार्यक्रम गरिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा पर्ने कावासोतीमा यो नाटक भैरहँदा वास्तबिक रुपमै ठूलो दुर्घटना भएको सर्वसाधारणले महशुस गरेका थिए । व्यस्त सडकमा देखाइएको सचेतनामूलक डेमोलाई साँच्चै सम्झिएर यात्रुहरु अत्तालिएका थिए ।
सचेतना जगाउने उदेश्यले प्रदर्शन भएको सडक दुर्घटनामा उद्धार लगायत सबै प्रक्रियाका बारेमा भएको प्रस्तुतीकरणमा अधिकांश प्रहरी कर्मचारीले भूमिका निर्वाह गरेका थिए भने उद्धारमा सर्वसाधारण–यात्रु, रेडक्रसकर्मी, एम्बुलेन्स चालक, पत्रकार, अस्पताल प्रशासन लगायतको भूमिकाका बारेमा सम्पूर्ण कथाबस्तुलाई समेटिएको थियो ।
अकस्मात हुने दुर्घटनाका कारण हुने मानवीय लगायत भौतिक क्षति समेत न्युनिकरण गर्ने उदेश्यले गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय नवलपुर, जिल्ला प्रहरी कार्यालय नवलपुर, रेडक्रस नवलपुर लगायतको समन्वय र सहकार्यमा गरिएको कार्यक्रमले सबैमा सचेतना जगाउने विश्वास लिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकीका अधिकृत प्रकाशचन्द्र ढुंगानाले बताए ।
नवलपुर खण्डमा लामो दूरीमा पूर्वपश्चिम लोकमार्ग रहेकोले सडकमा साना ठूला दुर्घटना भैरहदा ठूलो जनधनको क्षति हुनबाट रोक्न दुर्घटना तथा बिपद् र जोखिम न्युनिकरण गर्न प्रयोगात्मक अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं एसपी प्रकाश मल्लले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->