बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमै पहिलो पटक कावासोतीमा प्याराग्लाईडिङको परिक्षण उडान

नवलपुरमै पहिलो पटक कावासोतीमा प्याराग्लाईडिङको परिक्षण उडान


  • खगेन्द्र पराजुली
  • फाल्गुन ७ २०७७, शुक्रबार

नवलपुर, ७ फागुन– कावासोतीको बालुवाडाँडामा प्याराग्लाईडिङको परिक्षण उडान भएको छ । तराई–मधेस–पहाड तीनतले जिल्लाका रुपमा परिचित नवलपुरको सदरमुकाम कावासोती नगरपालिका वडा नं. १ मा पर्ने पर्यटकीय पहाडी डाँडा बालुवाडाँडामा परिक्षण उडान भएको हो । जिल्लामै पहिलो पटक बिहीबार भएको ३ वटा उडानको परिक्षण सफल भएको छ ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले कावासोतीका युवाहरुको सक्रियता र नगरपालिकाको सहयोगमा भएको परिक्षण उडान सफल भएको बताउँदै प्याराग्लाइडिङलाई नियमित गर्दै साहसिक पर्यटकीय गन्तब्यका रुपमा प्रर्वद्धन गर्नेतर्फ ध्यान केन्द्रित भएको बताए ।
समुद्री सतहदेखि ९२७ मिटर उचाईमा रहेको डाँडाबाट भरिएको उडान कावासोती १ हात्तिखोरमा रहेको पोखरीतालमा अवतरण भएको थियो । उडान स्थलबाट चालक दल सहित प्याराग्लाईडिङमा सवार ब्यक्तिलाई उपप्रमुख मर्दनियाले बिदाई गरेका थिए भने अवतरण स्थलमा नगरप्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले स्वागत गरेका थिए ।
बलुवाडाँडाबाट पाइलट हरि थापाले पहिलो उडान गरेका थिए । त्यसपछि अर्का २ जना पाइलटले थप एक–एक जना यात्रु राखेर सफल उडान–अवतरण गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->