पोखरा, ८ फागुन- आउँदो चुनावमा कास्कीका २ लाख ६४ हजार ४ सय ७७ जनाले मतदान गर्ने भएका छन् । निर्वाचन कार्यालय कास्कीमा प्रमुख भीमसेन कार्कीका अनुसार अघिल्लो चुनावमा २ लाख ६५ हजार ३ सय ९६ मतदाता रहेकोमा ९ सय १९ जानको मृत्यु भई संख्यामा कमी आएको हो । उनले कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्र रहने जानकारी दिए ।
निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल शुक्रबार आयोजना गरेको कार्यक्रममा आचारसंहिताको मस्यौदाबारे जानकारी जानकारी पनि गराए ।





