बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संघसंस्थाले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ : मन्त्री लम्साल

संघसंस्थाले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्छ : मन्त्री लम्साल


  • खगेन्द्र पराजुली
  • फाल्गुन ८ २०७७, शनिबार

नवलपुर, ८ फागुन- गण्डकी प्रदेशका बन, बातावरण तथा उद्योगमन्त्री बिकास लम्सालले सामाजिक उत्तरदायित्व वहन गर्ने उदेश्यले स्थापित बिभिन्न संघसंस्थाले ती उदेश्यहरु पुरा गर्नैपर्ने धारणा ब्यक्त गरेका छन् । नवलपुरको दलदलेमा आयोजित देवचुली–पर्वत समाजको प्रथम साधारण सभाको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री लम्सालले संघसंस्थाहरु जहिले पनि सिर्जनशील र रचनात्मक हुनुपर्ने बताए ।
मन्त्री लम्सालले संघीयतापछि नयाँ जिल्लाको परिचय बनाउँदै गरेको नवलपुर गण्डकी प्रदेशको सबै जिल्लाको एकैथलोमा साँस्कृतिक महत्व बोकेको जिल्लाका रुपमा आफुले लिएको बताएका छन् । उनले गण्डकी प्रदेशका सवै पहाडी जिल्लाबाट बसाई–सराई गरी आउनेहरुको ठूलो संख्या नवलपुरमा रहेकाले सामरिक महत्व नवलपुरमा रहेको बताएका हुन् ।
मन्त्री लम्सालले देवचुलीाट थालिएको समाजले पुरै नवलपुर जिल्लालाई समेट्न सुझाव दिएका छन् ।
यसैबीच, साधारणसभामा देवचुलीमा रहेका पर्वते ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । स्वर्गीय गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानले उक्त सम्मान गरेको हो ।
समाजका अध्यक्ष चोकनाराण भुसालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पर्वतबाट बसाई–सराई भई देवचुलीमा बसोबास गर्ने अधिकांशको उपस्थिति रहेको थियो ।
यसअघि, मन्त्री लम्सालले कावासोतीस्थित टरुवा तालको स्थलगत निरिक्षण गरे ।
मन्त्री लम्सालले ताल निरिक्षणका क्रममा उपभोक्ता, जनप्रतिनिधि, कर्मचारीलाई तालको संरक्षण र प्रवद्र्धनमा चासो राख्न आग्रह गरे ।
हालसालै नगरपालिका र संघीय सरकार अन्तर्गतको संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको साझेदारीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ७ करोड रुपैंयाको कार्यक्रम विवादरहित ढंगले सम्पन्न गर्न मन्त्री लम्सालले सुझाए ।
मन्त्री लम्सालले प्रदेश सकारबाट नवलपुरमा मात्रै कावासोतीको टरुवाताल, पोखरीताल, देवचुलीको गैंडाताल लगायत ५ वटा ताललाई प्रवद्र्धन गर्दै पर्यटकीय गन्तब्यका रुपमा बिकास गर्ने लक्ष्य सहितको कार्यक्रम योजनाको अध्ययन समेत भईरहेकाले पनि संघको बजेटलाई कार्यान्वयनमा लैजाने गरी प्रक्रिया अगाडी बढाउन आग्रह गरे ।
कावासोती क्षेत्रमा बस्ती बिकासका क्रममा खाने–पिउनेदेखि दैनिक सबै प्रयोजनमा उपभोगमा आउने पानीको स्रोतका रुपमा टरुवा नै थियो ।
पछि खानेपानी आयोजनामार्फत सञ्चालित बिभिन्न परियोजना सम्पन्न भएपश्चात् बिस्तारै सिचाई बाहेक अन्य प्रयोजनमा पानी उपभोगमा आएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->