बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरबाट २ दिनमा समातिए २० जना जुवाडे

नवलपुरबाट २ दिनमा समातिए २० जना जुवाडे


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७७, बुधबार

नवलपुर, १२ फागुन– नवलपुर प्रहरीले तोरीबारीमा तास खेल्दै गरेका १० जना सहित अरु २ स्थानबाट १० जना गरी २० जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. १ बेलुवाबाट तोरीबारीमा तास खेलेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय सोनु नेपालीको घर पछाडिको बारीबाट ३१ हजार ४ सय १५ रुपैयाँ नगद सहित उनीहरुलाई बुधवार नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा १९ बर्षदेखी ४० बर्ष उमेर समुहका युवा छन् । पक्राउ पर्ने सबै हुप्सेकाट वडा नं. १ का स्थानीय हुन् । यस्तै, प्रहरीले मंगलवार नवलपुरकै देवचुली नगरपालिकाका दुई स्थानबाट १० जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । देवचुली १६ निवासी कमलप्रसाद अधिकारीको घरबाट २३ हजार २ सय ५० रुपैयाँ सहित ४ जनालाई र देवचुली १६ नयाँ बजारका तुलदास श्रेष्ठको घरमा जुवा खेलिरहेका ६ जनालाई २७ हजार ३ सय ७५ रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->