बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अदालतले संविधानको सम्मान गर्न सक्यो : मन्त्री चुमान

अदालतले संविधानको सम्मान गर्न सक्यो : मन्त्री चुमान


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०७७, बिहिबार

तनहुँ, १३ फागुन– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सर्वोच्च अदालतले प्रतिनिधी सभा विघटन गर्ने निर्णयलाई बदर गरेर संविधानको रक्षा गरेको बताउनुभएको छ ।‘संविधान आफैले ट्रयाक छाडेको हैन् । ट्रयाक छोडाईएको हो । लिकमा ल्याईयो, त्यो भन्या ठुलो सफलता हो’, उहाँले भन्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आबुखैरेनी गाउँपालिकाको सहयोगमा नेपाल आदीवासी जनजाती महासंघ (फोनिज) गण्डकी प्रदेशले आँबुखैरेनीमा आयोजना गरेको सुचना प्रविधीको बिकास र अबको पत्रकारिता बिषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले संसद पुर्नास्थपना नभएको भए मुलुक अध्यारो सुरुङमा जाने जिकिर गर्नुभयो । उहाँले अगाडी थप्नुभयो, ‘हामीले अहिलेसम्म प्राप्त गरेको उपलब्धी सबै सुरुङभित्र छिर्थे । तर, तपाई हामी सबैको दबाबले अदालतले संविधानको सम्मान गर्न सक्यो ।’
२१ औँ युग प्रविधीको युग भएकाले जोसंग सुचनामा पकड छ उही शक्तिशाली हुने उहाँको भनाई छ । ‘नयाँ प्रविधीको बारेमा पत्रकार साथीहरुले जान्न प¥यो । थाहा पाउनप¥यो । उपयोग गर्न सक्न¥यो’, उहाँले बताउनुभयो पत्रकार आफैमा जिम्मेवार हुनुपर्नेमा उहाँको जोड रहेको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले पत्रकारले देशको मुहार फेर्नृ सक्ने उल्लेख गर्नुुभयो । सही सुचना र तथ्याङ्क जनतासामु पु¥याउन उहाँको अनुरोध छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पत्रकार अपडेट नभए समाज नै पछाडी पर्ने विचार राख्नुभयो ।
फोनिज गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, फोनिज गण्डकीका ईञ्चार्ज हुमबहादुर गुरुङ लगायतले बोलेका थिए । तनहुँ र कास्कीका पत्रकार सहभागी अन्तरक्रिया कार्यक्रममा सञ्चार प्रविधीको बिकास र अबको पत्रकारिता बिषयमा ग्लोबल मल्टिमिडिया जर्नालिष्ट रजनीश भण्डारीले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->