बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एचआईभी संक्रमितको सवालमा ध्यान पुगेन– सरोकारवाला

एचआईभी संक्रमितको सवालमा ध्यान पुगेन– सरोकारवाला


  • खगेन्द्र पराजुली
  • फाल्गुन १७ २०७७, सोमबार

नवलपुर, १७ फागुन– एचआइभी संक्रमित र प्रभावितहरुका सवालमा राज्यको ध्यान नपुगेको सरोकारवालाको गुनासो रहेको छ । स्थानीय पालिकाहरुको ध्यान र चासो दुबै नपुगेको नवलपुरमा आयोजित एक अन्तरक्रियाका सहभागीले बताएका छन् । नवलपरासीमा एचआइभी संक्रमित र प्रभावितहरुको क्षेत्रमा काम गर्दै आएको लुम्विनी प्लस नेपालले आयोजना गरेको एकदिने अन्तरक्रियामा उपस्थित सरोकारवालाले अत्यन्त जोखिम संक्रमितका लागि स्थानीय तहले योजना बनाउन अपरिहार्य रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका समन्वय समितिका प्रमुख चेसराम आलेले अझै पनि समाजमा एचआइभी संक्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकै कारण संक्रमितहरु सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौति रहेको प्रतिक्रिया दिए ।
समन्वय प्रमुख आलेले स्वास्थ्य कार्यालयमार्फत् पालिकाहरुले पनि नीतिगत योजना बनाएर एचआईभी संक्रमितको स्वास्थ्य उपचारदेखि जिविकोपार्जन लगायतका सन्दर्भमा चासो पु¥याउनु पर्ने बताए । उनले भने,‘लुकेर बसेका कैयान्ै रोगी छन्, कैयौ संक्रमित छन् त्यस्तालाई हेला गर्नुहुन्दैन भन्ने सचेतना जगाउनेदेखि उनीहरुको जिविकोपार्जनका विषयमा स्थानीय तहदेखि नै योजना बनाउन म अनुरोध गर्दछु ।’
अन्तरक्रियामा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले शैक्षिक र बालबालिका एवं किशोरीका सवालमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले सुझाव सहितका जिज्ञासा राखेका थिए ।
सरोकारवाला र पत्रकार समेतको उपस्थितिमा भएको अन्तरक्रियामा कार्यक्रम अधिकृत लक्ष्मण अधिकारीले नवलपुर र परासी दुबै क्षेत्रको कार्यपत्र प्रस्तुत गरेका थिए ।
सार्वजनिक गरिएको बिवरण अनुसार नवलपुरमा मात्रै अहिले ३ सय १ जना एचआईभी संक्रमित रहेका छन् । तीमध्ये ७२ जनाले एआरटी औषधि सेवन गर्ने गरेकामा ६१ जनाले जिल्लामै नियमित, ३ जनाले भरतपुरबाट, ४ जनाले बीचैमा छाडेका र ४ जनाको भने मृत्यु भइसकेको जानकारी दिइयो ।
नवलपुरको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रका एआरटी काउन्सिलर नविन अधिकारीका अनुसार औषधि सेवन गर्ने नगर्ने भन्नेमा संक्रमितकै स्वेच्छिकता रहेकाले पनि संख्या कम रहेको हो ।
एआरटी काउन्सिलर अधिकारीले सामान्य परिक्षणका रुपमा गर्नुपर्ने जाँचहरु कलेजो, मृगौला, रगत, पिसाव लगायतका चेकजाँच जिल्लामै हुने गरेपनि एचआईभी भाईरसको मात्रा मापन गर्ने भाईरललोड मेसिनका अभावमा काठमाण्डौ पठाएर परिक्षण गर्नुपरेको छ । भाइरललोड उपकरण गण्डकी प्रदेशमा पोखरामा मात्र भएकोले पायक पर्ने हिसावले काठमाडौं पठाउने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->