नवलपुर, १८ फागुन– पुर्वपश्चिम मुख्यमार्गमा दुई ट्रक एकआपसमा ठोक्किदा दुबै ट्रकका चालकको मृत्यु भएको छ । देवचुली–२ दुम्कौलीमा भएको दुर्घटनामा पोखरा र मकवानपुर घर भएका चालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पोखरा महानगरपालिका–१५ र्का ५१ बर्षका सिम बहादुर वि.क र मकवानपुरको गढी गाउँपालिकाका ३४ बर्षीय रामकुमार न्यौपानेको मृत्यु भएको हो ।
सोमबार (गएराती) करीव १२ बजे दुर्घटना भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ७०२३ नम्बरको ट्रक र बिपरीत दिशावाट जाँदै गरेको ना ६ ख ३०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा भएकोे हो ।
दुर्घटनामा दुबै ट्रकका सह चालक गम्भीर घाईते भएका छन । घाइते हुनेमा ना ६ ख ३०११ नम्बरको ट्रकका सहचालक तनहुँको बन्दिपुर–३ बस्ने बर्ष १८ को विश्वास शाही र ना ७ ख ७०२३ नम्बरको ट्रकका सहचालक दाङको बबई–६ बस्ने बर्ष ३३ को सुन्दर खड्का भन्ने घनश्याम खड्का रहेको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । घाइते दुबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा डन्डामा राखिएको प्रहरीले जनाएको छ ।





