बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरबाट लागुऔषधसहित दुइ जना पक्राउ

नवलपुरबाट लागुऔषधसहित दुइ जना पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २० २०७७, बिहिबार

नवलपुर, २० फागुन– नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पुर्वपश्चिम मुख्यमार्गमा चेकिङमा बसेको प्रहरी टोलीले आज बुधवार साँझ बसमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेका २ जनालाई कावासोतीवाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ना ७ ख ६८१ नं को बसमा सवार गैंडाकोट नगरपालिका वडा नं। ५ का ३० बर्षीय तारा बुढा मगर र बाग्लुङ जिल्लाको साविक जैदी गाबिस वडा नं ९ स्थायी ठेगाना भएका हाल गैडाकोट नगरपालिका वडा नं ५ मा बस्दै आएका बर्ष २८ का प्रेमकुमार राना पक्राउ परेको प्रहरी कार्यालयका सुचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथवाट डाईजापाम ६० एम्पुल, फेनरागन ६० एप्पुल र नुर्फिन ६० एप्पुल गरी कुल १ सय ८० एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->