बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

केपी ओलीलाई कुर्सीबाट निकाल्नुपर्छ : युवा नेता पौडेल

केपी ओलीलाई कुर्सीबाट निकाल्नुपर्छ : युवा नेता पौडेल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७७, आइतबार

तनहुँ, २३ फागुन– नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले जनताको बहुमत प्राप्त नेकपाले देशको नेतृत्व गर्न असक्षम भएको बताएका छन् । उनले नयाँ निर्वाचनबाट म्यान्डेड लिनुपर्ने जिकिर गरे । नयाँ निर्वाचनसम्म जानलाई केपी ओलीबाट नेतृत्व सम्भव नभएको उनको आरोप छ ।

‘यो नेतृत्व सफल भएन् । यो नेतृत्व सफल नहुदा अरु कुनै पनि सफल हुदैन्न भन्ने होईन्’, शुक्लागण्डकीको खोरादीमा भएको भलिबल प्रतियोगितालाई सम्बोधन गर्दै युवा नेता पौडेलले भने, ‘यो संविधानका कारणले यो समस्या आएको होईन् । अहिले पछिल्लो समय प्रधानमन्त्रीले संसद विघटन गर्नुभयो, अदालतले असंवैधानिक भनिदियो । जब प्रधानमन्त्रीको कदमलाई अदालतले असंवैधानिक भनेपछि उहाँले तत्काल राजीनामा दिनुपर्थो । किनकी नैतिकता बिना राजनिती हुदैन् ।’

उनले ओलीको कदमले नेपाली राजनिती फोहोर भएको टिप्पणी गरे । प्रधानमन्त्रीले कानुन विपरीत काम गरेर पनि प्रधानमन्त्रीको पद नछाडेको नेता पौडेलको भनाई छ । ‘यो गम्भिर बिषय बनेको छ । नेपालको राजनितीमा नैतिकताको खडेरी परेको छ । भोलीदेखी संसद चल्दैछ । पहिलो काम यो संसदले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई कुर्सीबाट निकाल्नुपर्छ’, उनले भने ।
संसदमा अविश्वासको प्रस्ताव नआए केपी ओली नै प्रधानमन्त्री रहीरहनेमा उनले चिन्ता व्यक्त गरे । यसो भएमा नेपालको राजनितीमा नैतिकता समाप्त भएर जाने नेता पौडेलको तर्क छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->