शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीले पायो खेलकुद परिषदको नेतृत्व, सदस्य सचिवमा गुरुङ नियुक्त

गण्डकीले पायो खेलकुद परिषदको नेतृत्व, सदस्य सचिवमा गुरुङ नियुक्त


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७७, सोमबार

पोखरा, २ चैत – नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा नियुक्त भएका छन । आइतबार बसेको गण्डकी प्रदेश मन्त्री परिषदको वैठकले गुरुङलाई सदस्य सचिबमा नियुक्त गरेको हो । गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम गुरुङलाई सदस्य सचिवमा नियूक्त गरेको प्रदेश सरकारका प्रवक्ता रामशरण वस्नेतले जानकारी दिए ।
सदस्य सचिबका लागि गुरुङ सहित नवराज अधिकारीले आवेदन दिएका थिए । सदस्य सचिव छनोटका लागि प्रदेश सरकारले सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको थियो । समितीको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवर र खेल विज्ञ दिल बहादुर गुरुङ रहेका थिए ।
प्रदेश खेलकूदको विकासका लागि कार्ययोजना सहित अघि वढ्ने सदस्य सचिब गुरुङले बताए । उनले ढोरपाटनसंग भने,’मैले सात वुँदे उद्धेश्य सहितका कार्ययोजना प्रदेश सरकारमा पेश गरेको छु, खेलकूद मार्फत प्रदेशको समृद्धीका लागि सवैसँग हातेमालो गर्दै अघि वढ्नेछु ।’
पोखरा महानगरपालिका वडा नं. १६ अर्मलाकोटका गुरुङले पृथ्वी नारायण क्याम्पसको बास्केटबलबाट खेल जीववन शुरु गरेका थिए । लामो समय ह्याण्डबल खेलमा विताएका गुरुङ हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष र नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष छन् । २०४० सालको दोस्रो वृहत राष्ट्रिय खेलकूदमा गण्डकीलाई ह्याण्डबल खेलबाट स्वर्ण पदक दिलाउन भूमिका खेलेका गुरुङ अग्रेजी र राजिनिति शास्त्रमा स्नातक उर्तिण गरेका छन । उनीे भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिष्ट हुने पहिलो नेपाली हुन । गुरुङले सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->