बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा छुट्टाछुट्टै दुर्घटमा एकको मृत्यु दुई जना घाईते

नवलपुरमा छुट्टाछुट्टै दुर्घटमा एकको मृत्यु दुई जना घाईते


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

नवलपुर, ६ चैत– नवलपुरको कावासोती नगरपालिका स्थित पुर्वपश्चिम मुख्यमार्गको खरकट्टामा बोलेरो पिकअपले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालको मृत्यु भएको हो । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको गरेको लु ५८ प ७०४८ नं.को स्कुटरलाई ना ५ च ४२६ नं.को बलेरो पिक अप गाडीले ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ । कार्यालयका सुचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीका अनुसार स्कुटरसागै एक जना मान्छे सडकमा लडिरहेको छन् भन्ने सुचनाका आधारमा पुगेको प्रहरीको टोलीले घाईते अवस्थामा रहेका स्कुटर चालक कावासोती नगरपालिका वडा नं. २ का ३५ बर्षीय जिीवन रानालाई उद्धार गरी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पुर्याईए पनि थप उपचारका लागि भरतपुर पुर्याईकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
जीप, जीप चालक र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तरगत कावासोती नगरपालिका–३ हलचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश नं.२ –०३–००४ प ६२७७ नं.को मोटरसाईकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश नं.३–०१–०२४च १४८० नं.को कार एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाँउ निवासी ५३ वर्षीय चोलाकान्त कंडेल र पछाडि सवार ४७ वर्षीया शान्ति कंडेल घाइते भएका हुन् । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->