बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अस्पतालमा रुघाखोकी र ज्वारेका बिरामी बढ्दै

अस्पतालमा रुघाखोकी र ज्वारेका बिरामी बढ्दै

धौलागिरी अस्पतालमा पिसिआर अझै जोडिएन ।


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १४ २०७७, शनिबार

बागलुङ, १४ चैत– धौलागिरी अस्पतालमा पछिल्लो समय रुघाखोकी र ज्वारेका बिरामी बढेका छन । लक्षण देखिएर जचाउन आएकाबाटै कोरोना संत्रमण समेत देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
केही दिनदेखि देशव्यापी संक्रमण बढ्न थालेकै बेला बागलुङमा पनि केही मानिस संक्रमण भैसकेका छन् । उनीहरु अस्पतालको आइसोलेसन वार्डमा रहेका छन् । अघिल्लो बर्ष देशभर दुइ जना मात्रै संक्रमित हुँदा देश लकडाउन भएको थियो । अहिले पनि गर्मी बढेसँगै कोरोनाका संक्रमित पनि बढेका छन् । लकडाउन भने भएको छैन ।
बिरामी बढेको र कोरोना संक्रमित समेत भेटिंदापनि अस्पतालमा भने सुरक्षा सर्तकता बढाइएको छैन । गत बर्ष गेटमै ज्वरो नाप्ने काम गरिनेमा अहिले छाडिएको छ । हात धुने मेसिन बिग्रेको छ । भएको पनि प्रयोगमा आएको छैन । प्रशासनले सूचना जारी गरेर अनिवार्य मास्क लगाउन भनेपनि खुलमखुला हिड्ने बढी छन् । भारत लगायतका देशबाट आएकाहरु पनि बिना सुरक्षा प्रवेश गरेका छन् ।

प्रशासनले भने दुइ दिन अघिनै बिज्ञप्ती जारी गरेर जिल्ला भित्रने व्यक्तिको नामाबली उतार्ने, बिदेशबाट आएको भए अनिवार्य पिसिआर गर्ने, भीड गर्न नदिने भनेको थियो । तर अहिले सम्म उक्त निर्देशन कार्यान्वयन भएको छैन । ‘मास्क नलगाए संक्रमक रोग ऐन अनुसार कारवाही हुनेछ’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, ‘पछिल्लो कोभिडको संक्रमणबाट मृत्युदर पनि उच्च भएकोले हेलचक्र्याइ गर्न हुँदैन ।’ जिल्ला तहमा कोरोना संक्रमणका बिरामी देखिन छाडेपछि मास्क र सेनिटाइजर लगाउने दर घटेको थियो ।

धौलागिरी अस्पतालमा पिसिआर अझै जोडिएन ।
गत महिना रोटरी क्लबले धौलागिरी अस्पतालमा सानो साइजको पिसिआर मेसिन दिने योजना बनाएको थियो । अस्पताल व्यवस्थापन समितिले भने मन्त्रालयबाटै खरिद प्रकृया थालिएको भन्दै उक्त मेसिन लिन मानेन । उक्त मेसिनमा ८ जनाको स्वाव परीक्षण गर्न मिल्थ्यो ।

अहिले दैनिक स्वाब संकलन गरेपछि पोखरा पठाउने गरिएको छ । पोखराबाट रिर्पोट आउन तीन देखि चार दिन सम्म लाग्छ । रोटरीले दिने मेसिन नराखेको अस्पतालमा मन्त्रालयको बजेटबाटपनि अझै जडान भएको छैन । ‘खरिद प्रकृयाबाट सामान आउनैलागेको ६ महिना बितिसकेको छ, अझै आएन’ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले भने, ‘दक्ष जनशक्तीको व्यवस्थापन समेत गर्न खोज्दा ढीला भयो ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा एक करोड रुपैया“ पठाएपनि अहिले सम्म यहा“ पिसिआर जडान भएको छैन । उक्त रकमले नपुग्ने भएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट थप ४० लाख रुपैया“ आएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले भने कर्मचारीतन्त्रको ढीलासुस्तीले काम गर्न नसकेको बताए । मन्त्रालयले असार १२ गतेको निर्णयले धौलागिरीसहित देशभरका १० वटा अस्पतालमा पिसिआर मेसिन राख्ने निर्णय गरेको थियो । अस्पतालले कोरोना परीक्षण ल्याब बनाउन कोठा पनि व्यवस्थापन गरिसकेको छ । ल्याबका लागि चाहिने पिसिआर मेसिन सहित, नेगेटिभ प्रेसर मेसिन, फर्निचर सहितको व्यवस्थापनकालागि आवस्यक सामाग्री जुटाइसकिएको पोखरेलले जानकारी दिए । गत वर्षको चैत १५ गते र १९ गते नेपालकै पा“चौ र छैठौ कोरोना संक्रमित बागलुङमा भेटिएपछि कोरोना उपचार अस्पताल बनाउने तयारी थियो । एक बर्षसम्मपनि काम भने नभएको हो । बागलुङमा अहिलेसम्म एक हजारबढी संक्रमित पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->