बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १६ २०७७, सोमबार

काठमाडौं, १७ चैत– शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण बन्द हुनेछ ।
पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । ‘लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको हो’, उनले बैठकमा भने । मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्यालय बन्दका लागि परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->