बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

माछा मार्ने बम पड्केर दुई जना घाइते

माछा मार्ने बम पड्केर दुई जना घाइते


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १९ २०७७, बिहिबार

बागलुङ, १९ चैत– पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ मा माछा मार्ने बम पड्केर दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका वडा नं. २ का ती युवा घाइते भएको ट्राफिक प्रहरी प्रकाश गिरीले बताए ।
बिहिबार दिउसो माछा मार्न गएका बडिगाड गाउँपालिका वडा नं. २ का ३५ बर्षिय अरुण बहादुर पुन र ४६ बर्षका चित्रबहादुर राना घाइते भएका हुन् । बम पड्काउने तरिका नजान्दा बिहिबार दिउँसो उनीहरु आफै घाइते भएको खरवाङमा कार्यरत प्रहरी सहायक निरिक्षक प्रकाश गिरीले बताए ।
बम उनीहरुको शरीरमा गम्भिर चोट लागेकोले प्राथमिक उपचारपछि पाल्पा पठाइएको छ । घटनाको जानकारी हुनासाथ स्थानीय र प्रहरी मिलेर उनीहरुको उद्दार गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->